१ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरी लकडाउन गर्ने योजनामा नरहेको स्पष्ट पारेका छन् ।
बुधबार, नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार कोरोनाको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको पनि बताए ।
उनले भने, ‘धेरै ठाउँबाट लकडाउन हुन्छ रे भन्ने हल्ला आइरहेको छ, तर सरकार सकेसम्म देश र जनताको जीवन रक्षा गरेर सकेसम्म लकडाउन गर्ने पक्षमा छैन । प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar