१ बैशाख,काठमाण्डौ – अफगानिस्तानमा तैनाथ सबै अमेरिकी सेना ११ सेप्टेम्बरमा स्वदेश फर्काइने भएको छ।
अमेरिकी अधिकारीहरुले बाइडेन प्रशासनले चाँडै यस्तो घोषणा गर्ने जानकारी दिएको बीबीसीले जनाएको छ। अफगानिस्तानबाट आफ्ना सेनाहरु फर्काउने घोषणा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए। उनकै प्रशासनले तालिबान विद्रोहीसँग वार्ता गरेर अफगान सरकारसँग शान्तिको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो।
सो बेलाको सहमतिअनुसार अमेरिकाले यही मेमा सेनाहरु फर्काइसक्नु पर्ने थियो साथै तालिबानले अफगानिस्तानमा हिंसा रोक्नुपर्ने थियो। तर अमेरिकाले तालिबानले हिंसा कम गर्ने वाचा पुरा नगरेको आरोप लगाइरहेको छ।
बाइडेन प्रशासनले अमेरिकी सेना फर्काइने क्रममा कुनै आक्रमण भए त्यसको ठूलो परिणाम तालिबानले भोग्नुपर्ने पनि चेतावनी दिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar