१ बैशाख,काठमाण्डौ – राष्ट्रिय जनमोर्चा (राजमो) ले गण्डकी प्रदेश सरकारलाई साथ नदिने निर्णय गरेको छ ।
पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध विपक्षीले ल्याएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने अडान लिँदै राजमोले यस्तो निर्णय गरेको हो । सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रष्ट पारेका छन् । ‘गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरिरहेको छ,’ वक्तव्यमा भनिएको छ ।
अध्यक्ष केसीले मुख्यमन्त्रीको राजनीतिक गतिविधिले प्रतिगमनलाई मद्दत पुग्ने बताएका छन् । ‘त्यस खाले क्रियाकलापहरुले पनि प्रतिगमनलाई मद्दत पुग्छ,’ अध्यक्ष केसीले भने, ‘त्यसकारण गण्डकी प्रदेश सरकारविरुद्ध प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावलाई हाम्रो समर्थन हुनेछ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar