३१ चैत,काठमाण्डौ – पछिल्लो समय केहि पुराना त केहि नयाँ योजनाहरुको शिलान्यास र उध्घाटन मात्र गरी दिन कटाँउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार परिवर्तनको सवालको चर्चा चल्न थालेपछि तनाव सिर्जना भएको छ ।
गत केहि समय अघीदेखी आफु नेतृत्वको सरकारले बजेट सुनिश्चित नभएका योजनाको शिलान्यास गर्ने र कार्यसम्पन्न नभएका योजनाको उद्घाटन गर्ने जस्ता नाटक देखाइरहेको बेला प्रधानमन्त्री ओलीले अर्को नाटकनै सुरु गरेका छन् ।
पछिल्लो समय आफु ईतरका राजनितिक दलहरुले मोर्चाबनदी गरी सत्ताच्यूत गर्नसक्ने महसुसपछी प्रधानमन्त्री ओलीले निर्माण कार्य सम्पन्न नै नभएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गर्ने तयारी गरेको छ । यद्धपी प्रधानमन्त्री ओलीले आगामी बैशाख ११ गते लोकतन्त्र दिवशका दिन पारी धरहरा उद्घाटनको तयारी गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन नै दिएका छन् ।
त्यस्तै प्राधिकरणका अनुसार लोकतन्त्र दिवसको अवसर पारेर बैशाख ११ गते धरहरा उद्घाटन गर्न लागिएको छ । तर धरहराको निर्माण कार्य पूरा भइसकेको छैन । प्रधानमन्त्रीजीको निर्देशनकै कारण निर्माण कार्य सम्पन्न विनै उध्घाटनको तयारी गरिएको प्राधिकरणमा कार्यरत् एक कर्मचारीले बताए ।
उता राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने धरहराको सबै काम सकिन अझै केही समय लाग्ने भएपनि मूल स्तम्भ निर्माण सकिएकाले लोकतन्त्र दिवसको अवसर पारेर उद्घाटन गर्न लागिएको जानकारी दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ,’ उनले भने ।
धरहराको पूरै निर्माण कार्य सम्पन्न गर्न पुस महिनासम्म लाग्नसक्ने समेत सूचना अधिकारी घिमिरेले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar