३१ चैत,दमौली – कोरोना संक्रमणबाट तनहुँ र कास्कीमा आज दुई जनाको मृत्यु भएको छ ।
तनहुँ र कास्कीका एक–एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
ती पुरुषमा यही चैत २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा चैत २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar