३१ चैत,काठमाण्डौ – तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेको जिप दोलखामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
गएराती तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गरेको वाग्मती प्रदेश ०१०२३ च७५८० नम्बरको जिप करिब ११ बजेतिर दोलखाको बिगु गाउँपालिका ४, सिँगटी नजिकै दुर्घटाना हुँदा चार जनाको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परी १७ जना घाइतेसमेत भएका छन् ।
दुर्घटनामा परी बिगु ३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्को मृत्यु भएको हो । मृतक सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार दुर्घटनाका घाइतेहरुको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
उनीहरू सबै तातोपानी कुण्डमा नुहाएर क्षमताभन्दा बढी यात्रु बोकेको जिपले घुम्ती काट्न नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar