३० चैत,विराटनगर – प्रदेश नं. १ सभाको बैठक आज सोमबार तेस्रो दिन पनि अबरुद्ध भएको छ ।
मुख्ख्यमन्त्री शेरधन राईले बिहान ११ बजे बोलाएको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेपछि सदन अबरुद्ध भएको हो । उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभा बैठक सुचारु गर्न लागेपछि माओवादीलगायतका विपक्षी दलले उठेर अबरुद्ध गरेका थिए । बैठक अबरुद्ध गरेपछि उपसभामुख पोखरेलले एक जनालाई बोल्ने अबसर दिएकी थिइन् ।
विपक्षी दलमध्ये जनता समाजवादी पार्टीका संसदीय दलको नेता जयराम यादवले सत्तारुढ दल माओवादीका साथै सबै विपक्षी दलले सरकारले आफै ल्याएको बजेट कार्यान्वयन गर्न गरिरहेको माग मुख्यमन्त्री शेरधन राईले सदनमा उपस्थित भएर सम्बोधन गर्न नसक्नु समग्र प्रदेशवासीका लागि दुरभाग्यको विषय भएको बताए । ‘सदनमा उठिरहेको माग विपक्षीको मात्रै नभई समग्र प्रदेशसभा सदस्यहरुको हो,’ उनले भने, ‘सरकारका केही मन्त्रीको कारण मुख्यमन्त्री जी सदनमा उपस्थित हुन नसक्नु लाजमर्दो विषय भएको छ ।’
सदनमा मुख्यमन्त्री राई उपस्थित नहुनुले संघीयताको कार्यान्वयनमा प्रदेश १ सरकार अभिसप्त भएर आउने आशंका उब्जाएको यादवले बताए । ‘सरकारले ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको नारा प्रदेश सरकारको यो रवैयाले पूरा नहुने देखिन्छ,’ उनले भने, ‘त्यसैले चालु आर्थिक वर्षको बजेट पूर्ण कार्यान्वयनको सुनिश्चितता नहुन्जेल सदन चल्न दिदैनौं ।’
यादव बोलेपछि विपक्षी दलका प्रदेशसभा सदस्यहरु पुनः उठेर सदन अबरुद्ध गरेपछि उपसभामुख पोखरेलले बैसाख ५ गते १ बजेसम्मको लागि बैठक स्थगित गरिन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar