३० चैत,काठमाण्डौ – गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचनबाट पतनको बाटो सुरु भएको नेकपा एमाले ओली समुह गुणत्मक रुपमा देशैभर पतनको बाटोमा अघी बढेको छ ।
गत चैत २७ र २८ गते काठमाडौमा भएको नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितीको निर्वाचनमा व्यवसायी दिल बहादुर श्रेष्ठ अध्यक्ष मा निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनमा अध्यक्ष बाहेक अन्य पदमा निर्वाचन भएको नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितीका पूर्व अध्यक्ष कृष्ण पन्तले जानकारी दिए। उनिहरु ओली समुह ईतरका हुन् ।
त्यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा पनी ओली समुह ईतरका सुमन बोगटी निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्षमा शिव ओझा, द्वितीय उपाध्यक्षमा अमर श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजु सत्याल निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा हेमराज श्रेष्ठ, सह–सचिवमा राजन श्रेष्ठ , कोषाध्यक्षमा प्रदिप बस्नेत , सह कोषाध्यक्षमा मनोज कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
समिती सचिवालय सदस्यमा कुमार श्रेष्ठ विजयी भएका छन् । सचिवालय सदस्यमा राजु रेग्मी लगायतका पदाधिकारी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । छन् । कुल १ हजार ५सय ८६ मतदाता रहेको समितिको निर्वाचनमा ९७२ मत खसेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar