३० चैत,काठमाण्डौ – मस्तिष्कघातबाट कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।
मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा भर्ना भई उपचाररत वडाध्यक्ष मालीको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए ।
मेयर महर्जनका अनुसार मृतक मालीलाई सोमबार श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने तयारी गरिएको छ ।
वडाध्यक्ष माली नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्यसमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar