३० चैत,काठमाण्डौ – नेपाली काँग्रेसले आसन्न १४ औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ ।
यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको काँग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको हो । हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची केन्द्रमा पठाउने अवधि यही चैत ३० गतेसम्म तोकिएको छ ।
आइतबार साँझसम्म नयाँ र नवीकरण गरी करिब साढे ५ लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने समावेश छैन ।
त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण नै अपलोड हुन बाँकी छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar