३० चैत,काठमाण्डौ – प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपा माओवादी केन्द्रका १६ सांसदले पार्टी छाडेका छन् ।
संघीय र प्रदेशसभामा गरेर १६ सांसदले पार्टी परित्याग गरेका हुन् । त्यसमध्ये कतिपयलाई माओवादीले सांसद पदबाट मुक्त गराएको छ भने कतिपय हुने क्रममा रहेका छन् । तत्कालिन गठबन्धन (एमाले र माओवादी केन्द्र पछि नेकपा)बाट चुनाव लडेर जितेका उनिहरु नेकपाको अस्तित्व सकिएपछि एमालेमा प्रवेश गरेका हुन् ।
तत्कालिन नेकपामा हुँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका उनिहरु पुराना दुई पार्टी ब्युँतिएपछि एमाले नछाड्ने घोषणा गरेका थिए । त्यसपछि माओवादी केन्द्रले उनिहरुलाई कारवाही गर्न शुरु गरेको हो । माओवादीका सांसदले एमालेलाई साथ दिदा सो पार्टीलाई देशभरबाट १६ सांसद घाटा लागेको छ ।
संघीय सांसदमा ६ पद गुमाएको माओवादीले प्रदेशमा १० जना सांसद गुमाएको हो । राष्ट्रिय सभाका सदस्य रामबहादुर थापा (वादल) र अर्का सदस्य चन्द्रबहादुर खड्काले ओलीलाई साथ दिएपछि थापा माओवादीका कारवाहीमा परिसकेका छन् भने खड्कापनि कारवाहीको प्रक्रियामा छन् ।
संघीय प्रतिनिधिसभामा माओवादीका तर्फवाट प्रतिनिधित्व गर्ने ४ सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीपनि ओलीतर्फ लागेपछि कारवाहीमा परिसकेका छन् । उनिहरु प्रत्यक्ष निर्वाचित सांसद थिए । चारै जनालाई पदमुक्त गरेपछि उनिहरुले फेरी मन्त्री पदको सपथ लिईरहेका छन् ।
माओवादीले प्रदेशसभा अन्तर्गत प्रदेश–२ मा सवैभन्दा धेरे सांसद गुमाएको छ । त्यहा उसले तीन जना प्रत्यक्ष निर्वाचित र एकजना समानुपातिक सांसद गुमाएको छ । प्रदेश–२ बाट निर्वाचित सांसदहरु रामचन्द्र मण्डल धनुषा–१ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा –३ (क) बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट– ३ (ख) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले भएका छन् । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले प्रवेश गरे ।
लुम्बिनीका दुई सांसद गुमाएको माओवादीले कर्णालीबाट दुई र प्रदेश १ वाट एक सांसद पद गुमाएको छ । एमाले प्रवेश गरेसँगै उनीहरु सवैलाई माओवादीले कारवाही गरिसकेको छ । लुम्बिनीका प्रदेशसभा सदस्यमध्ये रूपन्देहीबाट निर्वाचित प्रदेश सभाको अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने र गुल्मीबाट निर्वाचित दिनेश पन्थी एमाले प्रवेश गरेका कारण कारवाहीमा परेका छन् । गण्डकी र वागमती प्रदेशबाट मात्र माओवादीले आफ्ना सांसद जोगाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar