२९ चैत,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले हाल निरन्तर उद्घाटन तथा शिलान्यास गरेका सयौं आयोजना तथा परियोजनाहरु अलपत्र पर्न सक्ने निर्माण व्यवसायीहरुले इंगित गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभा उद्घाटन समारोहमा सरकारको ध्यानाकर्षण गर्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । सरकारको निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म र व्यवहारिक नीतिगत व्यवस्थामा सुधार नभएसम्म विकास निर्माणको सुध्रिन नसक्ने व्यवसायीहरुले बताए ।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘करिब १५ हजार व्यवसायीहरु निर्माण क्षेत्रमा छन् । जसबाट प्रत्यक्षरअप्रत्यक्ष रुपमा १६-१७ लाखले रोजगारी पाएका छन् । तर पनि निमार्ण क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar