२९ चैत,काठमाण्डौ – गएराती सिरहाको लहानमा एक व्यवसायीको गोली प्रहार गरी हत्या भएको छ ।
लहान नगरपालिका १९ मा सुनचाँदी पसल गर्ने ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीका अनुसार राती करिब १२ः४५ बजे गोली चलेको हो । कसले गोली चलायो भन्ने खुलेको छैन । गोलीसँगै हत्या गरिएका विश्वकर्मामाथि खुकुरी पनि प्रहार गरिएको छ । खुकुरी प्रहारबाट उनकी श्रीमती घाइते भएकी छिन् ।
हत्या कसले गरेको भन्ने पुष्टि नभएको तर, घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उपरीक्षक भण्डारीले जानकारी दिए । डकैती गर्ने समूहको प्रतिकार गर्दा घटना भएको हुनसक्ने प्रहरीको आशंका छ । अहिले प्रहरीले घटनाबारे तिब्र अनुसन्धान गरिरहेको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar