२९ चैत,काठमाण्डौ – सरकारले राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई अब प्रदान गरिने विभूषणमा नेपालको नयाँ नक्सा नै अंकित गर्ने बताएको छ ।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा नै राखिने स्पष्ट पारेको हो । शुक्रबार वितरण गरिएको विभूषण गत वैशाख १ मा वितरण गर्नका लागि तयार पारिएको, तर कोरोना महामारीका कारण ढिला गरी वितरण भएकाे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार वितरण गरिएका पदक, मानपदवी तथा विभूषणहरुमा पुरानै नक्सा अंकित भएको विषयमा सामाजिक सञ्जाललगायतमा टिप्पणी भएपछि मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेकाे हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar