२८चैत,धादिङ – धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १८ वर्ष पछि पक्राउ गरेको छ ।
धादिङको साबिक दार्खा गाबिस वडा नं २ हालको खनियावास गाँउपालिका वडा नं. ३ बस्ने ४१ वर्षको घर्ती तामाङलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
२०५९ कात्तिक २९ गते धादिङ साबिक दार्खा गाबिस वडा नं. २ स्थित् केवरे देउरालीमा पर्शुराम तामाङलाई तिमिसंग कुरा गर्नु छ भनी रोक्न खोजेपछी तामाङ नरोकिई आफ्नो घर तर्फ जाने क्रममा प्रतिवादी घर्ति तामाङ समेतका प्रतिवादीहरुले घेरा हाली खुकुरी, ढुङगा र नाईनस्टिक समेतले प्रहार गरी टाउको र खुट्टमा काटी सख्त घाईते बनाई मराणासन्न अवस्थामा छोडी फरार भएका थिए । घाइते तामाङलाई उपचारको लागी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।
त्यसपछि फरार रहेका तामाङलाई प्रहरी गत चैत २५ गते वुधवार जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले टोलीले तामाङलाई ललितपुरबाट पक्राउ गरि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सुचना अधिकारी जागेश्वर भण्डारीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar