• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २०, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

१९ घण्टा अघि
२

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

१९ घण्टा अघि
३

भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

१९ घण्टा अघि
४

चित्रा अब प्राइम भिडिओमा

२२ घण्टा अघि
५

६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक

२३ घण्टा अघि
६

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश

१ दिन अघि
७

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त

१ दिन अघि
८

‘साओमी–१४ टी’ को मूल्य घट्यो

१ दिन अघि
९

इटालीमा ‘आँखा’लाई २ अवार्ड

१ दिन अघि
१०

एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै

१ दिन अघि
११

जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

१ दिन अघि
१२

यु–१६ क्रिकेट : भुटानलाई २९८ रनले सहजै हराउँदै नेपाल विजयी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ३ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ३ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    २ हफ्ता अघि
  • rajendra ७

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ दिन अघि
  • skt mak ८

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ९

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    ६ दिन अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 १०

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • फेरी सुरु भयो ध्रुवे हात्तिको आतंक : गणकमाथी आक्रमणपछी चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना स्थगित

    Reporterप्रकाशित मिति: २०७७ चैत्र २१, शनिबार (४ साल अघि)
  • २१९६ पाठक संख्या
  • dhurbe hatti aatanka

    २१ चैत,चितवन – कुनै बेला आंतक मच्चाएर नाम कमाएको ध्रुवे हात्तिले फेरी आतंक सिर्जना गरेको छ ।

    यसपटक ध्रुवेले ६ वर्षपछि गैंडा गणना गर्न गएको टोलीमाथी नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिका – २ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा आक्रमण गरेको हो । निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जंगली हात्तीले शुक्रबार लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

    गैँडा गणनामा खटिएको टोलीका माहुते हात्तीबाट लडेर घाइते भएका हुन् । गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते भएको उनले बताए । गैँडा गणनाको क्रममा जंगली हात्तीले गणनामा प्रयोग भएको हात्तीलाई लखेटेपछि प्राविधिकसहित केही माहुते घाइते भएका हुन् ।

    गणनामा खटिएको हात्तीलाई जंगली धु्रवे हात्तीले लखेटेको प्रमुख संरक्षण अधिकृत बरालले जानकारी दिए । सोही क्रममा भाग्ने क्रममा प्राविधिकसहित केही माहुते घाइते भएको उनले बताए । हात्तीबाट लडेर राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका – ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका – ७, निवासी ५१ वर्षीय पे्रमलाल कहार चौधरीसहित केही घाइते भएको संरक्षण अधिकृत बरालले जानकारी दिए ।

    धु्रवे हात्तीले लखेट्दा कोही हात्तीबाट खसेर कोही भाग्ने क्रममा लडेर र ठोक्किँएर घाइते भएको प्रमुख बरालले बताए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अरु सामान्य घाइते छन् । गम्भीर घाइते राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ । अन्य घाइतेको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ ।

    ध्रुबे नामको जंगली हात्तीले २०६६ देखी लगातार चार वर्षमा १३ जनाको ज्यान लिएको थियो । धेरैको ज्यान लिएपछि यसलाई मार्न सरकार नै लागिपरेको थियो । पछिल्लो समयमा यस्ता गतिविधि नगरेको यो हात्तीले शुक्रबार पुनः मान्छेमाथि आक्रमण गरेको हो । उक्त घटनासँगै चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको छ ।

    ‘कहिलेबाट सुरू गर्ने भन्ने विषयमा हामी छलफल गरेर निर्णय गर्छौं,’ बरालले भने । चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेबाट एक सिंगे गैंडाको गणना सुरू गरिएको थियो । हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ । गैंडा गन्नका लागि गणकहरूले हात्तीकै प्रयोग गर्ने गर्दछन् ।

  • subhayug
  • आक्रमण
  • गैंडा गणक
  • चितवन राष्ट्रिय निकुञ्ज
  • ध्रुवे हात्ति
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश

  • ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

  • चित्रा अब प्राइम भिडिओमा

  • ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक


  • समाचार
  • १

    यू–१६ क्रिकेट : मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश
    १९ घण्टा अघि

  • २

    ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा
    १९ घण्टा अघि

  • ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध
    १९ घण्टा अघि

  • ४

    चित्रा अब प्राइम भिडिओमा
    २२ घण्टा अघि

  • ५

    ६ महिनामा नेपाल भित्रिए पौने ६ लाख पर्यटक
    २३ घण्टा अघि

  • ६

    संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा पेश
    १ दिन अघि

  • ७

    विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : शिक्षामन्त्री पन्त
    १ दिन अघि

  • ८

    ‘साओमी–१४ टी’ को मूल्य घट्यो
    १ दिन अघि

  • ९

    इटालीमा ‘आँखा’लाई २ अवार्ड
    १ दिन अघि

  • १०

    एसियन कप छनोट महिला फुटबल : आज नेपाल र श्रीलंका भिड्दै
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    २

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ३

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    ४

    फिफा क्लब विश्वकप : पिएसजीसँग मियामीको फराकिलो हार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution