२० चैत,काठमाण्डौ – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिने निर्णय गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बैठकले निर्णय गरेकाे छ । नयाँ सरकार गठनका लागि अग्रसरता लिने पनि बैठकले निर्णय गरेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम सर्वोच्चले उल्ट्याइ दिएपछि उनीमाथि राजीनामा दिन नैतिक दवाव पर्दै आएको छ । तर, उनले राजीनामा नदिने बरु संसदको फेस गर्ने बताउँदै आएका छन् । यस्तै सर्वोच्चले फागुन २३ मा नेकपा विघटन गरिदिएपछि नेकपा माओवादी केन्द्रले ओलीको विकल्प खोज्नुपर्ने भन्दै कांग्रेस र जसपासँग सत्ता सहकार्यको प्रस्ताव गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar