२० चैत,काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको आरोप लगाएका छन् ।
स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने,’ अध्यक्ष प्रचण्डले भने, ‘ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा छौँ ।’
यस्तै अध्यक्ष प्रचण्डले संसद् पुनःस्थापना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताएका छन् ।’संसद् पुनःस्थापना भयो’,अध्यक्ष प्रचण्डले भने, ‘तर, षड्यन्त्रको अन्य भएन ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar