२० चैत,काठमाण्डौ – आलोचनात्कम प्रतिक्रिया आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डंलाई होच्याएर गरेको ट्विट हटाएका छन । एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फैसला पुनरावलोकन गर्न दीएको निवेदन खारेज गर्ने सर्वोच्च अदालतको निर्णयलाई लिएर थापाले गरेको संवेदनाहीन ट्वीटं एक घन्टामै हटाएका हुन्।हीबार थापाले सर्वोच्चको निर्णयसँग जोडेर प्रचण्ड शोकमा परेको तस्वीरसहितको ट्वीट पोस्ट गरेका थिए । थापाले प्रचण्डको पुत्रवियोगको अवस्थाको फोटो राख्दै गरेको ट्वीट संवेदनाहीनं भन्दै ट्विटर प्रयोगकर्ताले आलोचना गर्नुका साथै उनको ह्यान्डल ससपेन्ड गर्नका लागि रिपोर्टसमेत गरेका थिए । ट्वीटको प्रयोग गर्दा न्यूनतम मानवीयता र सामाजिक मर्यादासमेत पालना नगरेको भन्दै ट्विटर प्रयोगकर्ताले ह्यान्डल ससपेन्ड गर्न रिपोर्ट गरेका हुन । चर्को आलोचनापछि थापाले पुरानो पोस्ट हटाएर अदालतको फैसलाको तस्वीर पोस्ट गरेका छन । उनले पुरानो पोस्ट हटाएको भए पनि त्यसको स्क्रिनसट अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा शेयर भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar