१७ चैत,काठमाण्डौ – हिमालयन बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ ।
यस सुविधा अन्तर्गत बैंकका खातावालाले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् । यस कार्ड सुविधाबाट खातावालाले भारत बाहेक अन्य देशको ई – कर्मस साइटबाट वर्षमा एक पटक वा पटक – पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अनलाइन भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
बैंकको अनुसार इच्छुक ग्राहकले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्नुपर्नेछ । बैंकले हाल ७१ शाखा, ४ विस्तारित काउन्टर, १ सय ४६ एटिएम र ४ हजार २ सय भन्दा बढी पिओउस मार्पmत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेकोे पनि जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar