१७ चैत,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् ।
मंगलबार रिपोर्टस क्लबको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी बजेटमार्फत् सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् । प्रधानमन्त्री ओलीले कसैलाई आपत्ती भए पनि वृद्धभत्ता बढाउने ठोकुवा गरे ।
उनले भने ‘साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ती लाग्ला, लाग्न सक्छ । आपत्ती लाग्छ भने पनि सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी बढाइनेछ,’ उनले भने ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको बामपन्थी गठबन्धनले गत निर्वाचनमा वृद्धभत्ता बढाएर ५ हजार पुर्याउने घोषणा गरेको थियो । हाल वृद्धभत्ता मासिक ३ हजार रुपैयाँ छ ।
प्रधानमन्त्री ओलीले शिक्षाको क्षेत्रमा पनि ५ अर्ब रुपैयाँ छिट्टै बिनियोजन हुने बताए । उनले उक्त रकम विद्यालयको पूर्वाधार निर्माणका लागि खर्च हुने समेत बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar