१६ चैत्र,काठमाण्डौं – प्रभु बैंकले विदेशबाट अनलाइनमार्फत् वस्तु तथा सेवा खरिद गरेबापतको भुक्तानी प्रयोजनका लागि ५०० डलरको ‘प्रभु ५०० कार्ड’ प्रिपेड कार्ड जारी गरेको छ।
राष्ट्र बैंकले ल्याएको परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउने प्रावधानअनुसार बैंकले डलर कार्ड जारी गरेको हो। उक्त कार्ड भारतबाहेक विश्वभरबाट अनलाइनमार्फत् वस्तु तथा सेवा खरिद गरेबापतको रकम भुक्तानीका लागि प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ। यो कार्डमार्फत् एक वर्षभित्र बढीमा ५०० डलरसम्म भुक्तानी गर्न सकिनेछ।
प्रभु बैंकमा खाता भएका सेवाग्राही (व्यक्तिगत तथा संस्थागत दुवै खातावाला)ले यो कार्डको सुविधा लिन पाउने छन्। यसका लागि सम्पत्ति शुद्धीकरण ऐनले तोकेबमोजिम केवाइसी विवरण अपडेट गर्नुपर्ने र पान वा भ्याट कार्ड पेस गर्नुपर्ने बैंकले जनाएको छ। ‘प्रभु ५०० कार्ड’ को सुविधा लिन चाहने ग्राहकले कार्डको ५०० र वार्षिक शुल्क २५० गरी कूल ७५० रूपैयाँ शुल्क तिर्नुपर्ने बैंकले जानकारी दिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar