१६ चैत्र,काठमाण्डौं – पछिल्लो समयमा विभिन्न ८ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषण गर्ने कम्पनीमा ६ वटा निर्जीबन बीमा कम्पनी रहेका छन भने बाँकी एउटा फाइनान्स कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी रहेका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले बोनस र नगद गरेर ५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै सबैभन्दा थोरै हिमालनय जनरल इन्स्योरेन्सको ६.७५ प्रतिशत मात्रै रहेको छ ।
लाभांश तर्फ हेर्दा बीमा कम्पनीको तुलनामा माइक्रोफाइनान्सको धेरै रहेको छ । ६ वटा कम्पनीले प्रस्ताव गरेको जति नै लाभांश एउटा माइक्रोफाइनान्सको मात्रै रहेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ४९.४० प्रतिशत बोनस र कर तिर्न २.६० प्रतिशत नगदसहित ५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
यस्तै प्रभु इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले दिन लागेको १०.५३ प्रतिशत लाभांश बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
यता हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश दिने भएको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
एभरेष्ट इन्स्योरेन्सले सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले तोकेको लाभांश पाउने छन् ।
यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले ८ प्रतिशत बोनस र कर तिर्नको लागि ०.४२ प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले १२ प्रतिशत बोनस र नगद ३.७८ (कर प्रयोजनसहित) दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
यस्तै रिलायन्स फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १० प्रतिशत बोनस र कर तिर्न भन्दै ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar