१६ चैत्र,काठमाण्डौं – त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबलको उपाधिका लागि आज नेपालले बंगलादेशसँग खेल्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (सोमबार) साँझ ५ः३० बजे शुरु हुँदैछ । यसअघि लिग चरणको खेलमा नेपाल र बंगलादेशबीच गोलरहित बराबरी भएको थियो । नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ६ खेल मात्रै जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।
सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो ।उपाधि भिडन्तमा भने नेपाल तेस्रो पटक बंगलादेशसँग भिड्दै छ । सागमै नेपालले एक खेल जित्दा एक खेल हारेको छ । गत कार्तिकमा बंगलादेशमा भएको दुई मैत्रिपूर्ण खेलको पहिलो खेलमा नेपाल पराजित हुँदा दोस्रो खेल बराबरीमा सकिएको थियो । पछिल्ला आधा दर्जन भेटमा नेपाल १ खेलमा विजयी हुँदा २ खेल हारेको छ । ३ खेल बराबरीमा सकिएका छन् ।
नेपालले पछिल्ला ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन । त्यो खडेरी पुर्नका लागि पनि यो खेल महत्वपूर्ण छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आइतबार भएको प्रि – म्याच कन्फरेन्समा बोल्दै फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका थिए ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले कीर्गिस्तानलाई १ – ० गोल अन्तरले हराएको थियो भने नेपालसँग गोलरहित बराबरी खेलेको थियो । नेपालले कीर्गिस्तानको यु – २३ टिमसँग पनि गोलरहित बराबरी नै खेलेको थियो । त्यस्तै आजको यस खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar