मृतक कापर मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रुपमा कार्यरत थिए
१५ चैत्र,जनकपुरधाम – धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना (प्रहरी सहायक निरीक्षक) असैको मृत्यु भएको छ।
मिथिला नगरपालिका वडा नंं १० लालगढमा बिहान करिब साढे दुई बजे ट्रकले लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक निरीक्षक मदनजंग कापरको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
उनका अनुसार असई कापर प्रदेश दुईको मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रुपमा कार्यरत थिए। ड्युटी सकेर घर जाँने क्रममा ट्रकले ठक्कर दिँदा कापरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar