१५ चैत्र,काठमाण्डौं – ग्रीन भेन्टर हाइड्रोपावर कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ ।
आईपीओ निष्काशनका लागि कम्पनीले फागुन २८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापीटल रहने छ । रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ ।
कम्पनीका प्रबन्धक बद्री रिजालका अनुसार हालसम्म आयोजनाको निमार्ण कार्य ७५ प्रतिशत बढी सम्पन्न भइसकेको छ । आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ ।
आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar