१४ चैत,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक अहिले कंलकीस्थित एक पार्टी प्यालेसमा बसिरहेको छ ।
शनिबार बिहान साढे ११ बजेदेखि कलंकीस्थित मेघा पार्टी प्यालेसमा बैठक बसिरहेको हो । बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । शुक्रबारको बालुवाटारमा बसेको संसदीय दलको बैठकमा भएका कुरालाई नेता झलनाथ खनालले ब्रिफिङ गर्ने पनि बताइएको छ ।
ओलीले नेपाल(खनाल पक्षले राखेको निर्णय मान्न नसकिने अडान संसदीय दलमा राखेपछि अबको बाटो तय गर्नका लागि आजको बैठक बसेको बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar