१४ चैत्र,काठमाण्डौं – ११.३ प्रतिशत नेपालीले मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा पत्याउने गरेको एक सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणमा सहभागीमध्ये झन्डै आधा मानिसहरूले प्रधानमन्त्रीको कुरा नपत्याएको बताएको सेयर कास्ट नामक संस्थाले गरेको सर्वेक्षणले देखाएको हो । वैचारिक मत सर्वेक्षणमा सहभागी पाँच हजार ८२ मध्ये ४६.९ प्रतिशतले प्रधानमन्त्रीको कुरा नपत्याउने उल्लेख छ । मात्रै ११.३ प्रतिशतले मात्रै प्रधानमन्त्रीको कुरा पत्याउने गरेको तथ्यांकले देखाएको हो । ३६ दशमलव २ प्रतिशतले थोरै मात्रै विश्वास हुने गरेको आफ्नो मत दिएका छन् ।
तुलनात्मक रुपमा सबैभन्दा बढी न्यायाधिशरवकिल र पत्रकारको कुरामा विश्वास हुने गरेको सर्वेक्षण नतिजामा उल्लेख छ । न्यायाधिश तथा वकिलको कुरामा थोरै भए पनि विश्वास गर्ने ३७.८ प्रतिशत छन् । नपत्याउने २१.५ प्रतिशत छन् । विश्वास गर्नेको संख्या भने २७.५ प्रतिशत छ । थोरै भए पनि विश्वास पत्रकारमाथि बढी देखिएको छ । ५०.५ प्रतिशतले पत्रकारमाथि थोरै विश्वास रहेको मत व्यक्त गरेका छन् । ३२.३ प्रतिशतले त पत्रकारका कुरा पत्याउने मत दिएका छन् । १३.६ प्रतिशतले पत्रकारको कुरा नपत्याउने उल्लेख छ ।
करिब ४६.१ प्रतिशतले सांसदका कुरा पत्याउने गरेका छैनन् । सबैभन्दा कम विश्वास सांसदमाथि देखिएको छ । ६.४ प्रतिशतले मात्रै सांसदका कुरा पत्याउनेगरेकव मत दिएका छन् ।
मुलुक गलत दिशातर्फ
सर्वेक्षणमा सहभागीमध्ये अधिकांशलाई अहिले मुलुक राजनीतिक हिसाबले गलत दिशातिर गइरहेको मत दिएका छन् । ४४।३ प्रतिशतले देश गलत दिशामा गइरहेको बताएका छन् । २१।९ प्रतिशतले मात्र देश सही दिशामा गइरहेको मत दिएका छन् ।
उनीहरूले राजनीतिक दलहरूबीचको द्वन्द्वलाई मुख्य कारणका रुपमा औँल्याएका छन् । राजनीतिक अस्थिरता, कमजोर नेतृत्व, भ्रष्टाचार तथा गलत नीतिहरू रहेको सर्वेक्षणमा उल्लेख छ ।
वैचारिक मत सर्वेक्षणमा सहभागीहरूलाई देशमा लोकतन्त्र वा गणतन्त्रलाई बलियो बनाउनका लागि सबैभन्दा भरपर्दो राजनीतिक दल कुन होला भनेर पनि सोधिएको थियो । आधा सहभागीले जवाफै दिएका छैनन् ।
करिब १३.४ प्रतिशतले नेपाली कांग्रेसको नाम लिएका छन् । दोस्रो स्थानमा केपी ओली नेतृत्वको नेकपा ९.६ प्रतिशत छ । तेस्रोमा तत्कालीन माधव-प्रचण्ड नेतृत्वको नेकपा ४.१ प्रतिशत देखिएको छ। वैकल्पिक राजनीति अँगालेको बताउने साझा विवेकशीलको नाम ०.२ प्रतिशत सहभागीले लिएका मत सर्वेक्षणको नतिजाले देखाएको छ।
गत फागुन ९ देखि २३ गतेसम्म सेयरकास्ट नेपालले देशभरका विभिन्न ५०८२ परिवारमा गरिएको टेलिफोन कुराकानीमा आधारित छ । सातै प्रदेशका १६ वर्षभन्दा माथि उमेरका मानिसहरूलाई मत सर्वेक्षणमा समेटिएको उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar