१४ चैत्र,कैलाली – भिमदत्त नगरपालिका – ५ का वडाध्यक्ष मदनबहादुर चन्दको मृत्यु भएको छ।
शुक्रबार पिकनिकमा एक्कासी बिरामी परेपछि अस्पताल पुर्याइएका उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले शुक्रबार वेदकोट नगरपालिका -६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका बेला मासु खाएपछि एक्कासी घाँटीमा समस्या देखिएपछि अस्पताल पुर्याएका वडाध्यक्ष चन्दलाई चिकित्सकले मृत घोषणा गरेको बताए।
पिकनिकमा उनीसँगै रहेकाहरूले बताएअनुसार मासु खाएका चन्दले घाँटीमा समस्या देखिएपछि तत्कालै महाकाली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक थापाले बताए। व
डाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। पोस्टमार्टमपछि मात्रै अन्य कुरा खुल्ने प्रहरीले जानकारी दिएको छ। मृतक वडाध्यक्ष चन्द नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar