१३ चैत्र,काठमाण्डौं – नेपाली काँग्रेस नेता एवम् पुर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।
पूर्वमन्त्री समेत रहेका उनको नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार राति निधन भएको हो ।
जोशीको निधनबारे उपचारमा संलग्न चिकित्सक राजीव झाले पुष्टि गरे । उपचारमा संलग्न चिकित्सक राजीव झाले शुक्रबार ८ः ३० बजे जोशीको निधन भएको जानकारी दिए । फागुन १४ गते जोशीलाई मष्तिष्कघात भएको थियो ।
जोशी नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वसांसद समेत हुन् । उनी प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उद्योग मन्त्री भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar