६ चैत्र,जनकपुर – सीटीईभीटीको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरबाट पाँचजनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४, भैरवचोकबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय धनुषाले जनाएको हो । प्रश्नपत्र आउट गरी भैरवचोकस्थित एक फोटोकपी पसलमा फोटोकपी गरिरहेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा प्रभाव पर्न सक्ने भन्दै उनीहरूको नाम गोप्य राखिएको मिश्रले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपश्चात् सबैको नाम सार्वजनिक गरिने उनको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar