२ चैत्र,काठमाडौं – एमाले विवाद मिलाउन भएको अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्ष बीचको छलफल विना निष्कर्ष सकिएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा झण्डै ३ घण्टा भएको औपचारिक छलफलमा दुवै पक्षले आआफ्नै अडान नछोड्दा कुरा नमिलेको नेता भीम रावलले जनकारी दिए ।
‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन’, माधव नेपाल पक्षबाट छलफलमा सहभागी नेता रावलले भने,‘ उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’
ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन माधव पक्षले आग्रह गरेपनि उक्त निर्णय फिर्ता गर्न तयार नभएपछि फेरि वार्ता गर्दै जाने सहमति भएको रावलले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar