२९ फागुन,काठमाण्डौं – सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आईपीओ भर्न छुट्टै वेबसाइट बनाउने भएको छ ।
शेयरमा लगानी गर्नेको संख्या बढेसँगै छुट्टै वेबसाइटमार्फत प्रयोगकर्तालाई सहज रुपमा प्राथमिक शेयर निष्कासनमा आवेदन दिन मिल्ने बनाउने तयारी अघि बढाइएको हो । हरेक दिन हजारौंको संख्यामा डिम्याट खाता खोलिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ३१ लाख ५८ हजार भन्दा बढीले डिम्याट खाता खोलिसकेको अवस्था छ ।
यस्तोमा सीडीएससीको हाल सञ्चालनमा रहेको ‘मेरो सेयर’ वेबसाइटमा अत्यधिक भार पर्न थालेसँगै आईपीओको आवेदनकै लागि नयाँ वेबसाइटको तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सीडीएससको सब – डोमेनका रुपमा अब आउने नयाँ कम्पनीको आवेदनका लागि अलग्गै वेबसाइट तयार हुनेछ ।
जसमार्फत प्रयोगकर्ताले सहज रुपमा आईपीओको आवेदन दिनसक्ने आशा कम्पनीको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar