२९ फागुन,काठमाण्डौं – नेकपा एमाले माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले केपी ओलीको पछिल्लो कदम कम्युनिष्ट आन्दोलननै विसर्जन गर्ने कदम भएको बताएकी छिन् ।
शुक्रवार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बिधान विपरितका कार्य गरेकोभन्दै नेतृ झाँक्रीले ओली विरुद्धको अहिलेको लडाईँ अन्तिम लडाईँ हुने बताएकी हुन् ।
सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले केपी ओलीको कदम कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने कदम भएको उनले बताएकी छिन् । उनले आफूहरुले कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुन नदिने पनि बताएकी छिन् ।
झाँक्रीले केपी ओलीको कदमको कानूनी उपचार खोज्ने देखि राजनैतिक प्रतिवाद गर्ने पनि बताएकी छिन् । उनले लेखेकी छिन, ‘जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar