२९ फागुन,काठमाण्डौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कारण पार्टीमा संकट बढ्दै जाने भएपछि विधान बिपरितका कार्य गर्दै जान थालेका हुन् ।
ओलीले पार्टीको पछिल्लो ९ औं महाधिबेशनले पारित गरेको ७० वर्षे उमेर हद हटाएका हुन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले नवौँ महाधिवेशनबाट पारित ७० वर्षे उमेर हदको प्रावधान हटाइदिएको हो । योसँगै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई आगामी मंसिरमा हुने भनिएको १०औँ महाधिवेशनमा फेरि अध्यक्ष हुन बाटो खुलेको छ ।
उनले यसै वर्ष फागुन ११ गते आफ्नो ७० औँ जन्मोत्सव मनाएका थिए । प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्ति अनुसार ७० वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरू महाधिवेशनअघि नै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको हो ।
अविश्वास फिर्ता लिनु !
यसैबीच बैठकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र बागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन पनि प्रदेश सांसदहरुलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन भनेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar