युट्युबले जारी गरेको नयाँ कर नीतिका कारण अब युट्युबरको आम्दानी ठूलो मात्रामा घट्ने भएको छ । त्यसैपनि युट्युबमार्फत आम्दानी गुर्न चुनौतीको विषय बन्दै गएको अहिलेकाे अवस्थामा नयाँ कर नीतिले क्रियटरलाई निरुत्साहित पार्ने भएको छ ।
युट्युबले आउँदो जून महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म कर काट्ने भन्दै युट्युबरलाई ईमेलमार्फत जानकारी गराउन थालेकाे छ । युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ ।
जसले गर्दा कन्टेन्ट क्रियटरले करकाे नियमबारे आवश्यक जानकारी आउँदो मे ३१ सम्म बुझाउनुपर्नेछ । यदि जानकारी बुझाएको खण्डमा गुगलले तपाईंको निर्धारित कर मात्रै कटौती गर्नेछ ।
यदि मे ३१ तारिखसम्म करसम्बन्धी जानकारी उपलब्ध नगराएको खण्डमा भने तपाईंको कुल आम्दानीको २४ प्रतिशत करको रुपमा काटेर मात्रै उपलब्ध हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar