२७ फागुन,काठमाण्डौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि क्रान्ति गर्ने बताएका छन् । उनले प्रतिक्रियावादी र अवसरवादविरुद्ध फेरि एकपटक क्रान्ति गर्ने बताएका हुन्।
आज बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नयाँ नमुना स्वास्थ्यकर्मी संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एउटा ‘व्याटल’ जितेको भएपनि अझै वार नजितेको बताए । उनल भने, ‘एकचोटी फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावादी र अवसरवादविरुद्ध लड्नुपर्छ, जनयुद्ध सुरु गर्ने बेला म ४२–४३ वर्षको थिएँ, अहिले ६६–६७ भएँ, उमेरले कति दिन्छ भनेर पनि कतिपयले भन्छन्, उमेर भएकाले त छाडिदिनुपर्छ पनि भन्छन्, म छोड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए, म एकचोटी फेरि क्रान्तिमा जानेवाला छु ।’
संसद विघटन, संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने विरुद्धको देशव्यापी व्याटल जिते पनि वार जित्न बाँकी रहेको अध्यक्ष दाहालको भनाइ थियो । दाहालले अझै त्यसविरुद्ध ठूला ठूला षड्यन्त्र भइरहेको बताए । उनले थपे, ‘हामीले त्यो षड्यन्त्रविरुद्ध अब आफ्नो खट्टामा उभिएर लड्नुपर्छ, आफ्नै साथीहरु छुट्दा हामी अलिक कमजोर भएजस्तो देखिएको हो, अब आफ्नो क्रान्तिकारी साथीहरुलाई जोडेर एक हुने अभियानमा लागेको छु ।’
उनले अब दुई चार बर्ष जनताको बीचमा जाने लक्ष्य लिएको बताए । ‘फेरि जनतासँग जोडिने, फेरि देशव्यापी अभियान चलाउनेतिर सोचिराखेको छु, काठमाडौंभन्दा अभियानमा बढी बस्ने बिचार छ’, दाहालले थपे, ‘फेरि दुई–चार वर्ष जनताका बीचमा गएर क्रान्तिलाई सफल पार्नुछ ।’ अहिलेसम्मको उपलब्धि जोगाउनका लागि एकजुट भएर लागेर त्यसको रक्षा गर्न सक्ने उनले दाबी गरे । उनले शान्तिपूर्ण ढंगले जनताको बीचमा गएपछि प्रतिक्रियावादीहरु परास्त हुने बताए ।
‘पुराना साथीहरु छुटेका छन्, त्यो कुरा सत्य हो, अब मैले त्यो उल्टाएर सबैलाई एकजुट गर्नमा लाग्छु,’ उनले भने, ‘मैले उमेर पुग्यो भनेर कतिले अहिल्यै छाडे हुन्छ भनेका छन् । तर, अब पनि छोड्नेवाला छैन, अहिलेको एउटा व्याटल त जितेँ अब दुई चारवटा व्याटल हामीले जित्नुपर्छ ।’ अध्यक्ष दाहालले आफ्ना पुराना साथीहरुको भर गरेर नै नयाँ जनयुद्ध सुरु गरेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar