२५ फागुन,काठमाण्डौं – साताको तेश्रो कारोबार दिन आज आज सेयर बजार परिसूचक (नेप्से)सँगै कारोबार रकममा पनि भारि गिरावट भएको छ ।
आजको दिन नेप्से सूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा झरेको छ । २४९४ बाट सुरु भएको बजार क्रमशः ओरालो लाग्दै २४६१.८८ विन्दुमा पुगेर रोकिएको हो। मंगलबार नेप्से सूचक २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ४.४७ अंकले घटेर ४४५.२१ विन्दुमा झरेको छ।
त्यस्तै यस दिन २१० वटा कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब रुपैयाँ माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम थप घटेको हो।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक सकारात्मक देखिएको छ। चन्द्रागिरी हिल्सको शेयरमूल्य उच्च दरले बढ्दा होटल तथा टुरिजम उपसमूहको सूचक सबैभन्दा धेरै २.९८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि १.८ प्रतिशतले बढेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar