२४ फागुन,चितवन – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन नगरे काँग्रेस कोल्याप्स हुने बताएका छन ।
सोमबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा कांग्रेस नेता भण्डारीले पार्टीको महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताउँदै यस्तो बताएका हुन् । त्यस्तै उनले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा पनि जोड दिए ।
उनले भने, ‘नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।’ फरक प्रसङ्गमा बोल्दै नेता भण्डारीले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा समेत जोड दिए । पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उनको भनाइ थियो ।
सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उनले अदालतले गरेको फैसला विधिको विजय भएको समेत भण्डारीले टिप्पणी गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar