२३ फागुन,काठमाण्डौ – जारी काठमाण्डौ मेयर कप अन्तर्गत त्रिवि मैदानमा भइरहेको खेलमा सशस्त्र प्रहरीको विभागीय टिमले २५९ रनको लक्ष्य पाएको छ ।
टस जितेर ब्याटिङ रोजको पुलिसले पूरा ओभर खेल्दै सात विकेट गुमाएर २५८ रन बनाएको छ । पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले १४० रनको शतकीय पारी खेले। उनले १३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए। साथै सुनिल धमलाले ३३, पवन सर्राफले ३५ र अनिल शाहले १८ रन जोडे।
बलिङतर्फ एपीएफका कप्तान शरद भेषावकरले तीन विकेट गिराए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar