२३ फागुन, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवादबारे सर्वोच्च अदालतले आज फैसला गर्दैछ ।
ने क पा० को नाम सम्बन्धी विवादबारे सर्वोच्च अदालतका न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । साविक (नेकपा एमाले) र (नेकपा – माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए ।
आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने। क। पा।) भएकाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीलाई (ने क पा) बनाएर दर्ता गर्न दिएको थियो । आयोग स्रोतका अनुसार अदालतले कट्टेलको पक्षमा फैसला गर्यो भने ओली–प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ ।
गत शुक्रबार बसेको न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासले आइतबारलाई निर्णय सुनाउने दिन तोकेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar