२३ फागुन,काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव समूहका २ जना अध्यक्षले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आइतबार बिहान सभामुख सापकोटासँग भेटवार्ता गरेका हुन् । सभामुख र २ नेताबीच संघीय संसद सचिवालय सिंहदरबारमै भेटवार्ता भएको जनाइएको छ । आइतबार बिहान नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको कार्यकक्षमा अध्यक्षद्वय प्रचण्ड र नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देव गुरुङ र सुरेन्द्र पाण्डे लगायतबीच छलफल भएको थियो ।
आन्तरिक छलफल पछि अध्यक्षद्वय प्रचण्ड र नेपाल सभामुखलाई भेट्न कार्यकक्षमा गएका थिए । सभामुख र प्रचण्ड – नेपालबीच करिब २० मिनेट कुराकानी भएको संघीय संसद सचिवालयका १ अधिकारीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar