२१ फागुन,काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली समुह) दिनानु दिन कमजोर हुँदै गएको छ ।
आजको प्रचण्ड माधव समुहको संसदिय दलको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समूह)का दुई सांसद दाहाल–नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका छन्।
सांसद माया ज्ञवाली र गंगा चौधरी नेकपा दाहाल – नेपाल समूहको संसदीय दलको बैठकमा उपस्थित भएका हुन्। उनिहरसंगै आजको संसदिय दलको बैठकमा ११४ सांसद उपस्थित् थिए । यद्धपी सांसद चौधरी र ज्ञवाली यसअघि ओली समूहमा थिए। नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा उक्त समूहको संसदीय दलको बैठक बसेको थियो ।
त्यस्तै नेकपाका दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी पनि गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाको मात्र १७३ सांसदहरु रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar