२१ फागुन,काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड – माधव पक्ष)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड चयन भएका छन् ।
आज (शुक्रबार) सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो। त्यस्तै संसदीय दलको नेता चयन भएपछि अध्यक्ष प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए ।
बैठकअघि प्रचण्ड – माधव पक्षले आफू पक्षीय सांसद्हरुको हस्ताक्षर सङ्कलन समेत गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको सो समूहको दाबी छ । ‘आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको छ,’ सांसद् सोमप्रसाद पाण्डेले दाबी गरे ।
आजको प्रचण्ड – माधव पक्षको दलको बैठकमा कति सांसद उपस्थित हुन्छन् भन्ने चासोका साथ हेरिएको थियो । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड – माधव पक्ष संसदीय दलमा पनि बहुमत सिद्ध गर्ने कसरतमा छ ।
त्यस्तै दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्त्वपूर्ण रहेको छ । उता, केपी ओली पक्षले आफूहरुसँग १ सयभन्दा बढी सांसदहरु रहेको दाबी पनि गरिरहेको छ । प्रतिनिधिसभामा नेकपाको मात्र १७३ सांसदहरु रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar