२१ फागुन,काठमाण्डौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमतिको महान आकांक्षा पुरा नभए पुनः विद्रोह हुने बताएका छन् ।
शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन्। बर्तमान सरकारले आफुहरुको जस्तोसुकै शर्तपनि मान्न तयार भएकाले आफुहरुले विद्रोह त्यागेर शान्तिपुर्ण बार्तामा आएको भन्दै महासचिव विप्लवले भने – ‘ हाम्रो नेता कार्यकर्ता माथी लागेको अधिकांश मुद्धा फिर्ता हुने कुरा त छँदैछ, त्यसपछिका हाम्रा थुप्रै मागहरु छन् । त्यसलाई सरकारले कार्यान्वयन गर्ने पनि बताएको छ । उक्त माग सहितको मौखिक सहमती सहितको महान आकांक्षा पुरा नभए पुनः विद्रोह हुन्छ ‘ उनले भने ।
त्यस्तै विप्लवले भने ‘यो सहमतिका पछाडि हाम्रो महान आकांक्षा छ । नेपाललाई सुन्दर नेपाल बनाउने आकाँक्षा छ । जनताको समृद्धिको आकांक्षा पूरा गर्नुछ’ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar