फागुन २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका कामहरु जहाँ भएको छ त्यहाँका मानिसहरुले मात्र देख्ने बताएका छन् । उनले आज बिहीबार सीन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा सुनकोशी–मरिण डाइभर्सनको शिलान्यास कार्यक्रमलाई संबोदन गर्दै देशमा सिंचाइर्, हाईड्रोलगायत धेरै कुराको विकास भईसकेको र अझै हुँदै गरेको उल्लेख गर्दे धेरैले विकासका काम नदेखेपनि जहाँ विकास भएको छ त्यहाँका मानिसहरुले भने देखिरहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कार्यक्रमलाई संबोदन गर्दैभने, ‘विकास देख्न नखोज्नेले देख्दैन, तर जहाँ विकास भएको छ त्यहाँका मानिसहरुले देख्न सकेका छन् ।’ उनले देशमा विकास भएको भेरी– बबई डाईभर्सनको काम पनि भईरहेको बताए । उनले अब बाँके बर्दियामा पनि सिंचाई योजनाहरु अघि बढाउने बताए । उनले देशमा अघि बढाईएका विभिन्न आयोजनाले विद्युतको पनि अभाव हटाउने बताए । सबै संरचनाको कामहरु एकैसाथ अघि बढाएर सबैतिर को काम विद्यदुत देखि सिंचाईसम्मको विकासका कामहरु अघि बढाईने बताए । तालमेल मिलाएर विकसित नेपाल, सुखी नेपाल बनाउन सक्ने बताए ।
प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल पनि सिन्धुली पुगेका छन् ।
शिलान्यासस्थल सदरमुकाम सिन्धुलीमाडीबाट ११ किलोमिटर टाढा पर्दछ । आर्थिक वर्ष ०७७÷७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रधानमन्त्री ओेलीले शिक्षा, स्वास्थ्य, पूनर्निमाण लगायतका काममा शसक्त ढङ्गले अघि बढिरहेको र देशव्यापी रुपमा काम भईरहेको बताए । उनले मोरङ्को उर्लावारीमा रहेको सन्थाल जातिका लागी भर्खरै पनि २३२ घरहरु बनाईदिने गरी शिल्लान्याश पनि गरिसकेको बताएका छन् । त्यस्तै, उनले ढल योजना, शहरीकर गर्ने, पर्यटन क्षेत्रको विकास, केवलकारको विकास, शहरलाई आधुनिकिकरण गर्ने, उद्योगीकरण गर्ने लगायतका कामहरु निरन्तर अघि बढिरहेको उल्लेख गरे । उनले कोरोना महामारी नियन्त्रण गर्ने कुरामा पनि धेरै नै कामहरु गरेको बताए । उनले भ्याक्सिन पनि सबैलाई नि–शुल्क उपलब्ध गराउन सरकार लागेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar