१८ फागुन,धादिङ – सानो तिनो समस्याको उपचारका लागि काठमाण्डौका बिभिन्न अस्पताल चाहर्नु पर्ने झन्झट बाट मुक्त गर्न धादिङ जिल्लामै पहिलोपटक सबै भन्दा धेरै बिशेषज्ञ सेवा सहीत सुरु भएको गजुरी २ मलेखु स्थित् मलेखु टिचिङ हस्पिटल र त्री बि शिक्षण अस्पतालबिच टेलिमेडिसिन सेवा सम्बन्धमा हस्ताक्षर भयको छ ।
मलेखु टिचिङ हस्पिटलको तर्फ बाट संस्थाका जनरल म्यानेजर कमल कडेल तथा त्री बि शिक्षण अस्पातल को तर्फ बाट सस्थाका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरेको अस्पतालले जनाएको छ । उक्त हस्ताक्षर सम्पन्न भएसंगै अब सानो तिनो समस्याको उपचारका लागि काठमाण्डौका बिभिन्न अस्पताल चाहर्नुपर्ने झन्झटबाट मुक्त हुने समेत अस्पतालको अनुमान छ ।
बिगत लामो समय देखी धादिङ तथा छिमेकि जिल्लाका सेवाग्राहीलाई सेवा दिदै आएको उक्त मलेखु टिचिङ हस्पिटलले भौगोलिक बिकटताका कारण स्वास्थ्य सेवा बाट बन्देज भएका बिरामीहरुलाई अब अनलाईन प्रबिधी मार्फतसमेत बिरामीको जाँच गर्ने अस्पतालका जनरल म्यानेजर कमल कडेलले बताए ।
जनरल म्यानेजर कडेलका अनुसार, बिशेषज्ञ चिकित्सकहरुद्धारा भर्चुअल माध्यमबाट रगत, दिशा, पिसाब, खकार, बिर्य , एक्स रे भिडिओ एक्स रे लगायतका आवश्यक जाँच हस्पिटलकै प्रयोगशाला तथा रेडियोलोगी बिभागमा गरी त्यसको रिपोर्ट को आधारमा थप उपचारसमेत गरिने छ । त्यस्तै आवश्यक परे काठमाण्डौ बोलाई थप जाँच तथा उपचार गरिने छ ।
के हो टेलिमेडिसिन सेवा ?
नेपाल भौगोलिक दृष्टिकोणले समुन्द्रि सतह देखी पहाडी तथा उच्च हिमाली तह सम्म फैलियको एक मात्र देश हो। देशका अधिकांश ब्यक्तीहरु शहर भन्दा बिकट गाउमा बसोबास गर्ने गर्दछन । भौगोलिक बिकटताका कारण धेरै भन्दा धेरै गाउमा बसोबास गर्ने ब्यक्तीहरु सामान्य स्वास्थ्य सेवा बाट बन्चित हुँदै आएका छन।
विश्व बजारमा दिनानुदिन अत्याधुनिक संचार उपकण को तिब्र बिकास भएसँगै बिरामीको उपचारमा पनि सहज महशुस गर्न थालीएको छ । यसरी भौगोलिक बिकटताका कारण देशका दुर दराजमा रहेका बिरामी हरुलाई बिभिन्न किसिमको संचार उपकरणको प्रयोग गरी सरल, सहज तथा सस्तो पैसामा उपचार गरिने प्रणाली लाई टेली-मेडिसिन भनिन्छ ।
कसरी हुन्छ उपचार ?
यस टेली-मेडिसिन उपचार पद्दति अन्तर्गत ईन्टरनेटको प्रयोग गरी भिडिओ अथवा अडिओ सम्बाद मार्फत बिशेषज्ञ डाक्टर तथा बिरामी बिच कुराकानी हुने छ। जसमा बिरामीले आफुमा रहेको समस्या निर्धक्क भयर डाक्टर समक्ष राख्ने छ ।
बिरामीले आफ्नो सम्पूर्ण कुरा राखिसके पछी बिशेषज्ञ डाक्टरले आफ्नो सहयोगी मार्फत बिरामीको भाईटलसको बारेमा सम्पूर्ण जानकारी लिने छन, तत पस्चात बिशेषज्ञ डाक्टरले आवश्यक जाच हरु जस्तै : रगत, पिसाब, खकार इत्यादीको जाच गराउनु हुनेछ र त्यस प्रकारको सम्पूर्ण जाचको सुबिधा सेवा दिने क्लिनिक अथवा हस्पिटलले अत्यधुनिक प्रयोगशाला उपकरण मार्फत गराउने छ र सो को रिपोर्ट पुनः बिशेषज्ञ डाक्टर लाई नै पठाउने छ।
त्यस्पछी बिरामीको रिपोर्टको आधारमा बिशेषज्ञ डाक्टरले आवश्यक औषधीको प्रयोग गरी वा अन्य सम्बन्धित बिभगमा रिफर गरी बिरामिको समस्याको समाधान गरिने छ।
उदाहरण को लागिः एक जना ६० बर्शिय आमा जसको छोरा छोरी आफु भन्दा निकै टाढा छन उहा एक्कासी आँखा धमिलो हुँदै भुइमा ढल्नु भयो र उहा लाई हतार हतार मलेखु टिचिङ हस्पिटल लगियो। आकस्मिक कक्षका डाक्टरले टेली-मेडिसिन मार्फत उहाको सम्पूर्ण अवस्था बारे त्री. बि. शिक्षण अस्पातल का ड्युटीमा रहेका डाक्टर लाई खबर गर्नु भयो र उहाको निर्देसन बमोजिम प्ररम्भिक सबै परिक्षण गराउदा उहाको रगतमा सुगर को मात्रा अत्याधिक धेरै रहेको पाइयो।
सोही अनुसार को औषधी दिदा आमा ठीक हुनु भयो र १ हप्ता पछी फलो अप मा बोलाएर आमा लाई घर पठाइयो । यसो गर्दा काठमान्डौ जान लाग्ने समय तथा पैसाको बचत भयो। हाल आमको सुगर कन्ट्रोल छ र उहाले डाक्टर को सल्लाह बमोजिम मुख बार्नु भाको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar