१३ फागुन,काठमाण्डौं – इजरायलमा जन्मेकी १९ वर्षीया मोडल येल शेल्बियालाई टीसी क्यालेन्डरले संसारका सबभन्दा सुन्दर अनुहारको वार्षिक सूचीमा पहिलो स्थानको उपाधि दिएको छ ।
इन्स्टाग्राममा १० लाखभन्दा बढी फलोअर भएकी येल विलासी जीवनशैलीका कारण चर्चित छिन् । तर यस जीवनशैलीका कारण उनले अन्लाइनमा घृणाको पनि सामना गर्नुपरिरहेको हुन्छ ।
येलले १६ वर्षको उमेरदेखि मोडलिङ थालेकी हुन् । एक स्थानीय फोटोग्राफरले इन्स्टाग्राममा उनका तस्वीरलाई नोटिस गरेपछि फोटोशूटमा भाग लिन लगाए । त्यसपछि उनको मोडलिङ करीयर शुरू भयो ।
येल अहिले ३६ वर्षीय अर्बपति ब्रान्डन कोर्फलाई डेटिङ गरिरहेकी छन् । उनले किम कार्दाशियान र काइली जेनर जस्ता सेलेब्रिटीको स्किन रेन्ज प्रोडक्ट्सका लागि मोडलिङ पनि गरेकी छन् । फूटबलर लियोनल मेस्सीसँग पनि उनले काम गरिसकेकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar