१३ फागुन, काठमाण्डौं – नेकपा एकताका लागि अभियान चलाउने भन्दै कुनै पनि खेमामा स्पष्ट रुपमा नलागेका उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गरेका छन् ।
गौतम र प्रचण्डबिच विहीबार बिहान करिब पौने घण्टा भेटवार्ता भएको हो । सो भेटमा गौतमले प्रचण्डलाई पार्टी एकताको विकल्प नरहेकाले आफू एकताको पक्षमा उभिएको र अहिले सो जिम्मेवारी प्रचण्डको काँधमा आएकाले त्यसलाई पूरा गर्न भनेको गौतमका प्रेश संयोजक विश्वमणि सुवेदीले बताए ।
प्रचण्डसँगको भेटमा गौतमले भने, ‘हामीले पार्टी एकता कायम गर्दा नेतृत्व हामीले नै लिन पाउने छौँ । अर्को पार्टीले खेल्ने मौका पाउँदैन । अर्को पार्टीले खेल्न पायो भने त्यो देश र हाम्रो पार्टीका लागि दुर्भाग्य हुनेछ । पार्टी एकता कायम गर्ने सुनौलो मौका नगुमाउनु होला ।’
जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित पनि नरहेको तर अहिले कै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने बताए । ओलीले आत्मालोचना गरि राजीनामा दिनु पर्ने र सो कार्य पार्टी एकताका लागि हितकर हुने उनले बताए ।
गौतमले एकतासहितका रणनीतिक विषयका लागि कार्यदल बनाउन पनि सुझाव दिएका छन् । गौतम र प्रचण्डबिच छलफल जारी राख्ने सहमति भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar