१२ फागुन, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी कमिटी बैठक शुरु भएको छ ।
संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी समिति बैठक बोलाएका हुन्।
बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’, नेम्वाङ लगायत सहभागी छन् । बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar